काठमाडौं । रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच चुनावी तालमेलको सहमति भएको खबर सार्वजनिक भएपछि धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले कडा प्रतिक्रिया जनाएका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साम्पाङले एक्लै चुनाव लड्ने आँट नहुँदा उनीहरू गठबन्धनमा गएको दाबी गरेका छन्। उनले गठबन्धनमा रहेका नेताहरूको जमानत जफत हुनेसमेत टिप्पणी गरेका छन्।

advertisement

साम्पाङले फेसबुकमा लेखेका छन्, “अहिले जो–जो गठबन्धन गर्दैछन्, उनीहरूको जमानत जफत हुने देखिन्छ। नत्र त एक्लै लडिहाल्थे नि  हुतिहाराहरू
मेयर साम्पाङले जेन–जी पुस्तालाई लक्षित गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध हुन अपिलसमेत गरेका छन्। उनले रवि–बालेन नेतृत्वको भनिएको नयाँ गठबन्धनले युवाको अपेक्षा र आवश्यकता सम्बोधन गर्न नसक्ने जिकिर गरे।

उनले रवि लामिछाने र बालेन शाहप्रति संकेत गर्दै ती नेताहरूलाई ‘गेमर’को संज्ञा दिँदै आलोचना गरे। “जेन–जी हो, तपाईंहरूको माग श्रम संस्कृतिले मात्रै पूरा गर्नेछ,” उनले लेखेका छन्, “अरू त सबै गेमर हुन्, काम छैन, उल्टो थुन्छ मात्रै।

रास्वपा, बालेन शाह र कुलमान घिसिङबीच चुनावी मोर्चाबन्दी तय भएको घोषणा भएसँगै मेयर साम्पाङले उनीहरूविरुद्धको आलोचनालाई थप तीव्र बनाएका छन्।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com