काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति भएको छ। सहमतिअनुसार पार्टीको औपचारिक नेतृत्वमा नदेखिए पनि ऊर्जा मन्त्री कुलमान घिसिङ रास्वपाको पहिलो वरीयताका उपसभापति बन्ने भएका छन्।
सहमतिकै आधारमा उज्यालो नेपाल पार्टीले १८ जना समानुपातिक उम्मेदवारको हिस्सा पाएको छ। ती उम्मेदवारहरूको सूची उज्यालो नेपालले पठाइसकेको छ भने सबै नाम समेटेर रास्वपाले कुल ११० जनाको समानुपातिक सूची सोमबार नै निर्वाचन आयोगमा बुझाइसकेको छ।
उज्यालो नेपालले आदिवासी जनजाति समूहअन्तर्गत पहिलो नम्बरमा डा. महेन्द्र लावतीलाई राखेको छ। यही समूहको दोस्रो नम्बरमा धर्मलाल तामाङ, माया डोल्मा लामा, तुलसा वाइवा, लाक्पा फुटी शेर्पा र कौशला गुरुङ छन्।
खस आर्य समूहबाट देवकी पौडेल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, कुमारराज सुवेदी, सीतादेवी पाण्डेय र सरला लामिछाने छन्। दलित समूहबाट रिमा विश्वकर्मा र राजदेव राम तथा मधेसी समूहबाट अभिशेकराज सिंह र मनीषा कुमारी समेटिएका छन्।
थारू क्लस्टरतर्फ सोमप्रसाद चौधरी र बालिका चौधरीको नाम सूचीमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार












प्रतिक्रिया