काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक प्रतिनिधित्वतर्फको बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छ। पार्टीले पुराना अनुभवी नेता र नयाँ अनुहारलाई समेट्दै बन्दसूची तयार गरेको हो।

सोमबार सम्पन्न राप्रपाको कार्यसम्पादन समिति बैठकमा अधिकांश क्लस्टरमा सहमतिका आधारमा र केही क्लस्टरमा आन्तरिक निर्वाचनमार्फत उम्मेदवार छनोट गरी बन्दसूची अन्तिम रूप दिइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

advertisement

निर्वाचन आयोगमा बुझाइएको उक्त बन्दसूचीमा कुल ११० जनाको नाम समावेश गरिएको छ। सूचीमा तोरणबहादुर गुरुङ, खुस्बु ओली, मोहनकुमार श्रेष्ठ, निरुपमा यादव, प्रह्लाद साह, गोपाल दाहाल, राजेन्द्र गुरुङलगायतका नेताहरू रहेका छन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com