काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी छाडेका डा। मित्र परियार नेपाली कम्युनिस्ट पार्टीबाट समानुपातिक उम्मेदवार बनेका छन् ।
श्रम संस्कृति पार्टीका उपाध्यक्ष समेत रहेका परियारले पुस ११ गते नेकपा प्रवेश गरेका थिए । मङ्सिर ५ गते बुटवलमा आयोजित कार्यक्रममा अभद्र शैलीमा अभिव्यक्ति दिएको आरोपमा साम्पाङले पुस ७ गते परियारलाई निलम्बन गरेका थिए ।
अस्ट्रेलियाबाट विद्यावारिधि गरेका परियार डाक्टर परियार मानवशास्त्री हुन् । समाजमा देखिएको जातीय विभेद विरुद्ध उनले अभियान चलाएका थिए ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार











प्रतिक्रिया