काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति क्रमशः आकर्षक बन्दै जानु सकारात्मक संकेत भए पनि यससँगै चुनौतीहरू पनि उत्तिकै रहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ता र प्रेम दुवै अत्यन्त शक्तिशाली तत्व भए पनि कुन बेला कुन तत्व द्वन्द्वमा परिणत हुन्छ भन्ने कुरा अनिश्चित रहने उल्लेख गरेका छन्।

advertisement

उनका अनुसार सत्ताबाट उत्पन्न हुने लोभ र मोहले व्यक्तिमा ‘म’को भावना जन्माउने र त्यसले अहंकारको रूप लिने गर्दछ। यही अहंकारले अन्ततः आन्तरिक द्वन्द्व सिर्जना गर्ने भएकाले राजनीतिमा संयम र आत्मनियन्त्रण आवश्यक हुने उनले बताएका छन्।

भण्डारीले सत्ता र शक्तिको आडमा पैदा हुने लोभ–मोहबाट जोगिन नेतृत्वमा दृढ इच्छाशक्ति र इमानदारिता अपरिहार्य रहेको स्पष्ट पारेका छन्। इमानदार नेतृत्व नै त्यस्ता नकारात्मक प्रवृत्तिको प्रभावकारी उपचार हुने उनको धारणा छ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com