काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सूचीमा चितवन जिल्लाको उल्लेखनीय वर्चस्व देखिएको छ। सूचीअनुसार चितवनबाट सबैभन्दा धेरै २१ जना उम्मेदवार समावेश भएका छन्। चितवन रास्वपाका सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रसमेत हो।

चितवनपछि मोरङ जिल्लाबाट १५ जना उम्मेदवार समानुपातिक सूचीमा परेका छन्। यता सुदूरपश्चिम, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लाबाट भने समानुपातिकतर्फ उम्मेदवार नै नपरेको देखिएको छ।

advertisement

चितवनबाट आदिवासी जनजाति क्लस्टरमा डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी शेर्पा र सन्देश गुरुङ सूचीमा छन्। खसआर्य क्लस्टरमा भने सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, गोविन्द नारायण, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुसाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, सरला लामिछाने र प्रभा ढकाल समेटिएका छन्। यसरी चितवनबाट खसआर्यतर्फ १६ जना र आदिवासी जनजातितर्फ ५ जना उम्मेदवार रहेका छन्।

मोरङबाट आदिवासी जनजाति क्लस्टरमा डा. राम लामा, मिङ्मा ग्लाबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा. महेन्द्र लावती, मानकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, विशाल गुरुङ, रञ्जनी श्रेष्ठ, डा. ओजश्वी शेरचन, मीरा महर्जन र तुलसा वाइवाले समानुपातिक सूचीमा स्थान पाएका छन्। खसआर्य महिलातर्फ मोरङकै रञ्जु दर्शना तथा थारु क्लस्टरबाट सुरेन्द्र चौधरी सिफारिस भएका छन्।

त्यसैगरी काठमाडौँ जिल्लाबाट ५ जना, ललितपुर र भक्तपुरबाट समान ३–३ जना उम्मेदवार सूचीमा परेका छन्। समग्रमा ७७ जिल्लामध्ये ३५ जिल्लाबाट समानुपातिक उम्मेदवार समेटिएका छन्।

सूचीमा समावेश अधिकांश जिल्लाबाट एकभन्दा बढी उम्मेदवार रहेका छन्। सुनसरी, सिन्धुपाल्चोक, गोरखा, कास्की, खोटाङ, ताप्लेजुङ, दाङ, सिरहा, रुकुम, म्याग्दी, झापा, रुपन्देही, नुवाकोट, कञ्चनपुर, भोजपुर, सोलुखुम्बु, सप्तरी, पाँचथर, बाग्लुङ, धनुषा, रौतहट, सुर्खेत, बर्दिया, महोत्तरी, बारा, कपिलवस्तु, बाँके, ओखलढुंगालगायत जिल्लाबाट उम्मेदवार सूचीमा परेका छन्। यद्यपि, कम्तीमा ५ जना उम्मेदवारको हकमा जिल्ला विवरण अझै खुल्न बाँकी रहेको जनाइएको छ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com