भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा ३२ वर्षीया महिला मृत्युवरण गरेकी छन् भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।
लोकन्थली चोकको सडकमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना७ ख ९२६६ नम्बरको डिजेल बोकेको ट्याङकरले बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थीयो। मोटरसाइकलमा पछाडि सवार स्वस्तिका ऐर बडालको घटनास्थलमै मृत्यु भएको हो।
दार्चुलाको नौगाड गाउँपालिका–१ घर भएका र हाल काठमाडौँको कीर्तिपुरमा बस्दै आएका मोटरसाइकल चालक ३४ वर्षीय करणसिंह बडाल गम्भीर घाइते भएका छन्। उनको उपचार कौसलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा भइरहेको छ।
प्रहरीले ट्याङकरका चालक २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार












प्रतिक्रिया