काठमाडाैं । काठमाडौं बुढानीलकण्ठ नगरपालिका–७ गोल्फुटार चोकमा आज भएको मोटरसाइकल दुर्घटना परि घाइते भएका चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामेछापको खाँडादेवी गाउँपालिका–३ का २५ वर्षीय अवी श्रेष्ठ रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

advertisement

उनले भने,आज बिहान गल्फुटार चोकस्थित सडकखण्डमा चक्रपथबाट हातिगौँडा चोकतर्फ आउदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको छेउमा रहेको विद्युत्को खम्बामा ठक्कर खादाँ चालक घाइते भएका थिए, निजलाई त्रिवि शिक्षण अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनाका विषयमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com