काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को कुनै विकल्प नरहेको बताएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउन एकता अपरिहार्य रहेको धारणा व्यक्त गरे।

रुकुमदेखि काठमाडौँसम्म पैदल यात्रा सम्पन्न गरेका अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष केशव रावललाई मंगलबार पेरिसडाँडामा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। उनले प्रतिकूल परिस्थितिमा नयाँ राजनीतिक यात्रा सुरु गरेका पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी निर्वाचनका लागि रुकुम पश्चिम आउन गरिएको आग्रहप्रति पनि समर्थन जनाए।

advertisement

नेपालले भने, नेपाली कम्युनिस्ट पार्टीको कुनै विकल्प छैन, एकताको पनि विकल्प छैन। प्रतिकूल अवस्थामा नयाँ यात्रा थालेका प्रचण्डका लागि रुकुम पश्चिमबाट आएको सन्देश महत्वपूर्ण छ। ती सबै भावना र अपेक्षालाई समेटेर अघि बढ्नुपर्छ।

उल्लेखनीय रूपमा, केशव रावलले पुस १ गतेदेखि पैदल यात्रा सुरु गरेका थिए र सोमबार काठमाडौँ आइपुगेका हुन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com