काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको ११० जनाको समानुपातिक उम्मेदवार सूचीमा कला क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि समेटिएका छन्।
गायक तथा अभिनेता प्रकाश सपुत समानुपातिक सूचीमा परेका छन्। उनी सूचीको ७४औँ स्थानमा छन् भने दलित क्लस्टरअन्तर्गत दोस्रो नम्बरमा राखिएका छन्।
त्यसैगरी, २०१९ की मिस नेपाल विजेता अनुष्का श्रेष्ठ पनि समानुपातिक सूचीमा समावेश भएकी छन्। उनी आदिवासी महिला क्लस्टरबाट चौथो नम्बरमा छिन्।
होस्ट तथा अभिनेत्री रीमा विश्वकर्मा दलित महिला क्लस्टरबाट पहिलो नम्बरमा समानुपातिक सूचीमा परेकी छन्। फिल्म निर्माता, अभिनेता तथा टेलिभिजन प्रस्तोता आसिफ शाह मुस्लिम क्लस्टरबाट पहिलो स्थानमा रहेका छन्। यस्तै, गायिका सत्यकला राई र त्रिसाला गुरुङ पनि सूचीमा समेटिएका छन्।
सोमबार दिनभर ऊर्जामन्त्री कुलमान घिसिङलाई समेत एक ठाउँमा ल्याउने विषयमा लामो छलफल भएपछि रास्वपाले सोमबार राति मात्रै समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको हो।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया