काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन्। मोरङ समाज काठमाडौँको वार्षिक साधारणसभालाई आज उद्‌घाटन गर्दै उनले सरकारले निर्वाचनको आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट नभाग्ने बताए।

‘कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन’, उनले भने।

advertisement

सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो ।

नेता डा कोइरालाले सबै राजनीतिक दलले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति–सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढङ्गले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको बताए।

‘जेन-जी आन्दोलनका क्रममा हजारौँ कैदीबन्दी भागेका छन्, प्रहरीका सयौँ हतियार लुटिएका छन्, प्रहरीको मनोबल खस्किएको छ, यस्तो अवस्थामा निर्वाचन गर्न सकिन्छ कि सकिँदैन’, उनले भने।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com