काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कटाक्ष गर्दै समानुपातिकबाट आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत बास्कोटाले भनेका छन् कि यदि नेपाली कांग्रेस र एमाले मिलेर चुनाव लडे भने समानुपातिक सूचीमा बस्नु नपर्ने सुझाव दिन्छन्।
बास्कोटाले भने, “समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु स्वाभाविक हो। अझ त्यस्तै नेता रूख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन्। रूख–सूर्य मिलेर चुनाव लडेपछि भयो त। अहिले नाम फिर्ता लिए हुन्छ, तर समानुपातिक प्रणालीको समावेशिताको बेइज्जत नगर्नु, त्यो पनि पुरुषले,”।
यसअघि उपाध्यक्ष बादलले कांग्रेस र एमाले मिलेर चुनाव लड्नुपर्ने धारणा राखेका थिए र उक्त विचार अध्यक्ष केपी शर्मा ओलीसँग पनि राखेका थिए। यसपछि एमालेभित्र यो विषयले बहसको स्थिति सिर्जना गरेको छ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया