काठमाडौं । नेपाली बजारमा बुधवार सुनको तोलामा १ हजार १०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ५९० रुपैयाँ कायम भएको चाँदी बुधवार १२० रुपैयाँले घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया