काठमाडौं । आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ ।

सन् २०२६ को फेब्रुअरीदेखि मार्चसम्म भारत र श्रीलंकामा हुने विश्वकपको ट्रफी जनवरीको पहिलो साता नेपाल ल्याइने भएको हो । विश्वकपको ट्रफी टुर कार्यक्रमअन्तर्गत जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालमा रहने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

advertisement

क्यानले ट्रफी टुरको विस्तृत विवरण भने केही दिनभित्र सार्वजनिक गर्ने बताएको छ ।

भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल पनि छनोट भएको छ । विश्वकपमा नेपाल समूह ‘सी’मा छ । यो समूहमा नेपालसँगै बंगलादेश, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिज छन् ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com