काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई राष्ट्रप्रति उत्तरदायी बनाउने उद्देश्यसहित विशेष महाधिवेशन आह्वान गर्ने दिशामा अघि बढेको जानकारी दिएका छन्।
मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले वर्तमान समयमा राष्ट्रको जिम्मेवारी बहन गर्न सक्षम कांग्रेस निर्माण गर्नु सबै कार्यकर्ताको साझा दायित्व भएको उल्लेख गरेका छन्। यही उद्देश्यलाई व्यवहारमा उतार्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।
थापाले पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई उक्त अभियानमा दृढतापूर्वक सहभागी हुन आह्वान गरेका छन्।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया