काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वसांसद गणेशप्रसाद पराजुलीले समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटि सच्याइने बताएका छन्।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीलाई लिएर पार्टीभित्र आलोचना बढिरहेका बेला पराजुलीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सहमतिका आधारमा आवश्यक सुधार गरिने स्पष्ट पारेका हुन्। उनले सुशासन र विधिलाई पार्टीको आधारशिला भएको उल्लेख गरेका छन्।
प्राइमरी इलेक्शनमा राम्रो मत पाएका उम्मेदवारहरूलाई सूचीको पछिल्लो क्रममा राखिएको भन्दै सहभागीहरूले असन्तुष्टि जनाइरहेका छन्। यसप्रति संकेत गर्दै पराजुलीले समानुपातिक सूचीमा भएका गल्ती सच्याइने विश्वास दिलाएका छन्।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया