काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गोप्य भेटवार्ता भएको छ।
पुराना दलहरू मिल्नैपर्ने दबाब बढिरहेका बेला दुई नेताबीच भेट भएको हो । भेटको सूचना दुवै नेताका सचिवालयले गोप्य राखेका छन्।
भेट सोमबार भएको स्रोतले बतायो। भेटमा आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका विषयमा कुरा भएको थियो। यसबाहेक फागुन २१ मा हुने प्रतिनिधि सभामा मिलेर जाने विषयमा पनि छलफल भएको स्रोतले बतायो।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार












प्रतिक्रिया