काठमाडौं । ‘डार्क फाइल’को नाममा ब्याकमेलीङ गर्ने र न्यायाधीशमाथि विभिन्न आरोप लगाउने राजकुमार तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार दिउँसो पोखराबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ।

advertisement

उनले पछिल्लो समय सर्वोच्च अदालतका न्यायाधीशहरूलाई लक्षित गरी विभिन्न आरोप लगाउँदै आएका थिए। यसअघि फेक अडिओ संवाद एक मिडियालाई दिएर अदातलको अवहेलना गरेको भन्दै उनीविरूद्ध मुद्दा चलेको थियो।

६ महिना कैद सजाय तोकिएका उनी भदौ २४ गते कारागारबाट फरार भएका थिए।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com