काठमाडौं । सुर्खेतमा दुई युवायुवती जंगलमा मृत अवस्थामा फेला परेका छन्।

दैलेखको ठाटीकाँध गाउँपालिका–२ का १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की १९ वर्षीया सुनीता भण्डारी मृत फेला परेका हुन्, प्रहरीले जानकारी दिएको छ।

advertisement

सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार, बुधबार बिहान वीरेन्द्रनगर नगरपालिका–४ स्थित भैरव सामुदायिक वनमा उनीहरू एउटै रूखमा झुण्डिएको अवस्थामा भेटिएका थिए। दाउरा काट्न गएका स्थानीयले एउटै रूखमा झुण्डिएका पुरुष र महिला देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक यादवका अनुसार, दिउँसो मात्रै मृतकको पहिचान खुल्यो। प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ कि उनीहरू बिहे गर्ने योजना बनाएर करिब एक महिना अघि घरबाट हिँडेका थिए। उनीहरू एकसाथ हिँडेको कुरा दुबै पक्षका परिवारलाई थाहा थियो।

सुरेन्द्रले पहिलो दिन सुनितालाई घरमै लगेका थिए भने त्यसपछि उनीहरू सुर्खेतमा बस्दै आएका थिए। दुवै परिवारले पनि उनीहरूलाई कुनै दबाव नदिएको बताएका छन्।

पोष्टमर्टमका लागि दुवै जनाको शव प्रदेश अस्पताल कालीगाउँमा राखिएको छ।


 

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com