काठमाडौं । सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली लागेर अटो–रिक्सा चालक विजय साहको मृत्यु भएपछि स्थानीय आक्रोशित भएका हुन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार केही स्थानमा अश्रु ग्यास प्रहार गरी भीड नियन्त्रणमा लिइएको छ। उनले भने, ‘स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरिएको हो। अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ।’

advertisement

बिहीबार राति करिब १ बजेको समयमा कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले गोली चलाउँदा स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो। उनी भारतबाट चिनी, सर्फ तथा सुर्तीजन्य सामग्री ल्याउँदै आफ्नो अटो–रिक्सा चलाइरहेका थिए। उनलाई दुई राउण्ड गोली लागेको थियो।

साहको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले पूर्व–पश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गरी प्रदर्शन सुरु गरेका छन्। यस क्रममा सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी र तोडफोडसमेत भएको जनाइएको छ।

अहिले सुनसरीका प्रमुख जिल्ला अधिकारी कार्यालयमा स्थानीय प्रतिनिधिहरूसँग वार्ता गर्ने तयारी भइरहेको डीआईजी घिमिरेले जानकारी दिएका छन्।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com