काठमाडौं । काठमाडौंमा गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित सडकमा वाग्मती प्रदेश ०१–००२ ज ७८३७ नम्बरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार, दुर्घटनामा काठमाडौं–२६, नयाँ बासपार्क बस्ने सल्यानका ३० वर्षीय जितबहादुर कुँवर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो, बिहीबार रातिनै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने गाडीका चालक हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया