काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव अगाडि सारिएको छ। सानेपामा जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनका लागि नयाँ मिति प्रस्ताव गरेका हुन्।
यसअघि मंसिर १५ गते बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर सो निर्णयअनुसारको महाधिवेशन कार्यतालिका कार्यान्वयन हुन नसकेपछि पार्टीले पुनः नियमित महाधिवेशनका लागि नयाँ मिति तय गर्ने प्रक्रिया अगाडि बढाएको हो।
यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्धारित महाधिवेशन कार्यतालिका आगामी केन्द्रीय समितिबाट अनुमोदन गराउने भन्दै बिहीबार संयुक्त विज्ञप्ति जारी गरी महाधिवेशन स्थगित गरेका थिए। तर संस्थापन पक्षले केन्द्रीय समितिबाट पारित निर्णयलाई महामन्त्रीहरूले एकतर्फी रूपमा उल्टाउन नसक्ने भन्दै तीव्र असन्तुष्टि जनाउँदै आएको छ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया