काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा विशेष महाधिवेशनको पक्षमा जम्मा पाँच जना मात्रै उभिएका छन्। शुक्रबार बसेको कार्यसम्पादन समितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्दै विशेष महाधिवेशनको पक्षमा उभिने नेता पाँच जना मात्रै देखिएका हुन्।
जसमा महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, कार्यसम्पादन समितिका सदस्यहरू अर्जुन नरसिंह केसी र उमा रेग्मी मात्रै छन्।
कांग्रेसमा कम्तीमा ४५ सदस्यीय कार्यसम्पादन समितिको व्यवस्था छ। यद्यपि अहिले त्यसमा पूर्णता प्राप्त भइसकेको छैन। कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री, प्रवक्ता र संसदीय दलका नेता पदेन सदस्य हुन्छन्। यस्तै समावेशी सिद्धान्तका आधारमा थप ३१ जना थप सदस्य केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया