ललितपुर । ललितपुरको हात्तीवन–हरिसिद्धि–खरीबोट क्षेत्रबाट मोटरसाइकल चोरी भएको छ। पुस १५ गते साँझ ८ बजेर ३४ मिनेटको समयमा सो क्षेत्रमा पार्किङ गरी राखिएको पल्सर ब्रान्डको ०५९ प ३१२३ नम्बरको मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको छ।

मोटरसाइकल धनीले घटनाबारे प्रहरी कार्यालयमा जानकारी गराइसकेको जनाएका छन्। मोटरसाइकल खोजी र चोरीमा संलग्न व्यक्तिको पहिचानका लागि प्रहरी खटिएको छ

advertisement

उक्त क्षेत्रमा पछिल्लो समय चोरीका घटनाहरू बढ्दै गएको भन्दै स्थानीयवासीहरूले सुरक्षा व्यवस्था कडा गर्न माग गरेका छन्। चोरी भएको मोटरसाइकलबारे कुनै जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित व्यक्तिलाई जानकारी गराइदिन सवारी धनीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com