काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित सबै सदस्यहरूको कार्यसमितिको कार्यकाल आगामी जेठ मसान्तसम्म थप्ने प्रस्ताव प्रस्तुत गरिएको छ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद जेठ मसान्तसम्म लम्ब्याउने प्रस्ताव गरेको हो।
बैठक अहिलेसम्म पनि जारी छ।
मङ्सिर १५ मा बसेको केन्द्रीय समितिले कार्यसमितिको म्याद माघ मसान्तसम्म थपेको थियो।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार












प्रतिक्रिया