रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

दक्षिण भित्रि सडक खण्डमा एकजना वृद्ध मानिस लडेको खबर आएपछि शनिबार बिहान प्रहरी टोली घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश झाले बताए ।

advertisement

उनले मृत फेला परेका वृद्धको नामथर वतन नखुलेको र अन्दाजी बर्ष ६०/७० को रहेको बताए । मृतक वृद्धको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ ।

मृतकको साथबाट पहिचान खुल्ने कागज फेला नपरेकाले चिन्नुहुने महानुभावले प्रहरीमा सम्पर्क गर्न समेत इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले आग्रह गरेको छ । प्रहरी कार्यलयबाट एक किलोमिटर पश्चिममा भएको घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको ई.प्र.का.चन्द्रनिगाहपुर जनाएएको छ ।

प्रकाशित मिति: १९ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com