काठमाडौं । नेपाली बजारमा आइतबार सुनकाे मुल्य २ हजार १ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनकाे मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएकाे छ । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीकाे मुल्य पनी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर ४ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया