काठमाडाैं ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृ*त्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–५ बुद्धमार्ग चोकस्थित पूर्वपश्चिम राजमार्गमा ग१ख ६६०५ नम्बरको ट्रकले पैदलयात्री सोही ठाउँका ८२ वर्षीय यमनाथ पौडेललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए ।

advertisement

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए । ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com