काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती प्रतिनिधिसभा सदस्यका लागि भोजपुर–१ र सुनसरी–१ दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका जिल्ला समितिहरूले किरातीको नाम दुवै क्षेत्रबाट सिफारिस गरेको हो । जिल्ला समितिको सिफारिस प्राप्त भएको कुरा किराती स्वयंले पनि स्वीकार गरेका छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा किराती भोजपुर–१ बाट तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । कात्तिक १९ गते माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित १० दलबीच पार्टी एकता भएपछि उनी प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका हुन् ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया