काठमाडाैं । अमेरिकी वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले भेनेजुएलामाथिको ट्रम्पको आक्रमणले अमेरिका र विश्वलाई सुरक्षित नबनाउने बताएका छन्।’

स्यान्डर्सले ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणसँग तुलना गरेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पुटिनले युक्रेनमाथिको आफ्नो क्रूर आक्रमणलाई न्यायोचित ठहर्‍याउन प्रयोग गरेको भयानक तर्क पनि यही नै थियो।’

advertisement

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय कानुनको यो घोर उल्लंघनले अर्को राष्ट्रमाथि आक्रमण गर्न, उनीहरूको स्रोतसाधन कब्जा गर्न वा सरकार परिवर्तन गर्न चाहने विश्वका कुनै पनि देशलाई बाटो खुल्ला गरिदिएको छ।’

ट्रम्पले ‘अमेरिका फस्ट’ भन्ने एजेन्डाका साथ चुनाव प्रचार गरेर भेनेजुएला चलाउन खोजिरहेको तर्क स्यान्डर्सको छ ।

‘६० प्रतिशत अमेरिकीहरू तलब आउनासाथ सकिने अवस्थामा बाँचिरहेका छन्। स्वास्थ्य सेवा धराशयी हुँदैछ। आवास धान्न नसकिने गरी महँगो छ,’ स्यान्डर्सले भनेका छन्, ‘ट्रम्पले विदेशमा आफ्नो अवैध सैन्य दुस्साहस अन्त्य गर्नुपर्छ र स्वदेशका यी प्रमुख संकटहरूलाई सम्बोधन गर्नुपर्छ।’

उनले थपे, ‘यसमा कुनै भ्रम नराखौं: यो चरम साम्राज्यवाद हो। यसले ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपका ती काला अध्यायहरूको सम्झना गराउँछ, जसले एउटा भयानक विरासत छोडेको छ। लोकतान्त्रिक विश्वले यसको निन्दा गर्नुपर्छ र गर्नेछ।’

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com