काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निकटका शीर्ष नेताहरूलाई विशेष बैठकका लागि बोलाएका छन्।
सभापति देउवाको निवास महाराजगञ्जमा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्र बढ्दै गएको विवादबारे छलफल हुने बताइएको छ। देउवाको निकट एक पूर्व पदाधिकारीका अनुसार, बैठकमा वर्तमान र पूर्व पदाधिकारीहरू सहभागी हुनेछन्।
पार्टीभित्रको विवाद मुख्य रूपमा विशेष महाधिवेशन गर्ने पक्ष र नगर्ने पक्षबीच उभिएको छ। कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशनको तालिका पारित गरिसकेको छ भने महामन्त्री गगन थापा र वरिष्ठ नेता विश्वप्रकाश शर्माले विधान अनुसार विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै तयारी गरिरहेका छन्।
कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका पारित गरेको छ। तर, विशेष महाधिवेशन पक्षधरहरूले यही महिनाको अन्तिम साता विशेष महाधिवेशनको आयोजना गर्ने प्रस्ताव अघि सारेका छन्।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया