काठमाडाैं । रुपन्देहीमा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई ठूलो धक्का लागेको छ। पार्टीको नेतृत्व शैली र निर्णय प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै जिल्ला अध्यक्ष तुलसी थारुसहित ३३ जना नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।
अध्यक्ष थारुले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र जनचाहनाविपरीत काम गरेकाले नैतिक रूपमा पार्टीमा बसिरहन उपयुक्त नदेखिएको बताए। राजीनामा दिनेमा वरिष्ठ उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्यहरू महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगुरिया, केशव चौधरी तथा प्रदेश सदस्य माधव चौधरीलगायत रहेका छन्।
राजीनामा दिएका सबै नेता–कार्यकर्ता लक्ष्मण थारुको नेतृत्वमा रहेको थरुहट संघर्ष समितिसहित सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने तयारीमा छन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया