काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ।

शनिबार राति अमेरिकाले राष्ट्रपति मादुरो दम्पतीलाई नियन्त्रणमा लिएर अमेरिका लगेपछि बेइजिङले औपचारिक प्रतिक्रिया जनाउँदै उनीहरूको अविलम्ब रिहाइको माग गरेको हो।

advertisement

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आइतबार परराष्ट्र मन्त्रालयका प्रवक्ताले अमेरिकी सैन्य हस्तक्षेपप्रति विभिन्न देशहरूले आपत्ति जनाएको सन्दर्भमा प्रतिक्रिया दिँदै चीनको धारणा सार्वजनिक गरेका हुन्। प्रवक्ताले बल प्रयोग गरेर राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लैजानु अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तको स्पष्ट उल्लङ्घन भएको बताएका छन्।

चीनले यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै अमेरिकालाई मादुरो दम्पतीको व्यक्तिगत सुरक्षाको पूर्ण सुनिश्चितता गर्न र उनीहरूलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।

साथै, चीनले भेनेजुएलामा सरकार परिवर्तन गराउने प्रयास तत्काल रोक्न र उत्पन्न समस्याहरू संवाद तथा वार्तामार्फत् समाधान गर्न आह्वान गरेको छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com