काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पदाधिकारी संख्या बढाउने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले चार जना नयाँ पदाधिकारी थप्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।
पदाधिकारीको संरचनामा उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक/एक जना थपिने भएको छ।
प्रवक्ता झाका अनुसार, पार्टी एकीकरण र विस्तारको प्रक्रियासँगै विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्न र पार्टी विधान संशोधनमा समावेश गर्न पदाधिकारी संख्या बढाउने निर्णय गरिएको हो।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया