काठमाडौं । भदौ २३ र २४ मा भएको घटनाको छानबिन गर्न गठन गरिएको आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि औपचारिक पत्र पठाएको छ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले ओलीलाई बयानमा बोलाउने उद्देश्यले पत्र काटेको आयोग स्रोतले जानकारी दिएको छ। सो पत्र भक्तपुरको गुन्डुस्थित ओलीको निवासमा समेत पुगेर बुझाइएको दाबी गरिएको छ।

advertisement

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी लगायतसँग बयान लिइसकेको छ।

अब आयोगले अन्तिम चरणमा ओलीको बयान लिन बाँकी छ। तर, ओलीले आयोगका अध्यक्ष कार्कीका विवादित पूर्व अभिव्यक्तिका कारण व्यक्तिगत रूपमा उपस्थित भएर बयान दिन नजाने अडान लिएका छन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com