काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार बृहत्तर एकता घोषणा सभा आयोजना गर्ने भएको छ। पार्टीले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सोमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा गरिनेछ।

यसअघि पुस १३ र १४ गते रास्वपाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरिसकेको थियो। घोषणा सभामार्फत एकता प्रक्रियालाई औपचारिक रूप दिइने र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने रास्वपाले जनाएको छ।

advertisement

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com