काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा चिसो उल्लेख्य रूपमा बढेको छ र यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ।
विभागले सोमबार बिहान सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै ललितपुरको खुमलटार र भक्तपुरको नगरकोटमा २.८–२.८ डिग्री सेल्सियस तापक्रम रहेको छ भने सिन्धुपाल्चोकको चौतारामा ५.५ डिग्री सेल्सियस मापन गरिएको छ।
यसैगरी लुक्ला विमानस्थलको तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रहेको छ। जुम्ला विमानस्थलमा माइनस ५.९ डिग्री सेल्सियस र हुम्लाको सिमकोट विमानस्थलमा माइनस ५.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया