काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा एमाले सचिव महेश बस्नेतलाई एकल सिफारिस गरिएको छ। आइतबार राति सम्पन्न बैठकले उनलाई सर्वसम्मत रुपमा सिफारिस गरेको हो।
भक्तपुर २ बाट एमालेमा राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि उम्मेदवार रहेका थिए। तर उनीहरूले आफ्नो दाबेदारी फिर्ता लिएका कारण बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया