काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीलाई उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो। सोमबार बसेको आयोगको बैठकले ओलीमाथि लगाइएको उक्त स्थान हद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले जानकारी दिए।
आयोगले असोज १२ गते बसेको बैठकमा ओलीमाथि स्थान हद लगाउने निर्णय गरेको थियो। आयोगले जनाएको छ कि जेनजी आन्दोलनसँग सम्बन्धित कार्यकारवाहीबारे पूर्वप्रधानमन्त्रीको हैसियतमा सोधपुछको काम सम्पन्न भइसकेकोले विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने पूर्वनिर्णयको औचित्य अब नसक्ने भएकाले स्थान हद फुकुवा गरिएको हो।
शर्माले जारी विज्ञप्तिमा भनेका छन्, ‘सोधपुछ प्रक्रिया सकिएको र तत्कालीन निर्णयको आवश्यकता समाप्त भएकोले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ।’

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया