काठमाडौं। गत भदाै २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय गरेको छ।

आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय फुकुवा गरेको हो।

advertisement

ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कामकारबाहीबारे आयोगले सोधपुछ र आवश्यक बुझ्ने कार्य सम्पन्न गरिसकेको जनाएको छ। सोधपुछको प्रक्रिया सकिएकाले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको आयोगका सदस्य एवं प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन्।

यसअघि आयोगको २०८२ असोज १२ गतेको बैठकले अनुसन्धानको दायरामा रहेका कारण उनलाई उपत्यका छाड्न र विदेश जान रोक लगाएको थियो।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com