काठमाडौं । निर्देशक तथा कलाकार दीपकराज गिरीले नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रशंसा गर्दै उनलाई परिवर्तनको पक्षमा उभिने एक साहसी पात्रका रूपमा चित्रण गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै गिरीले आफू कुनै एउटा विचारको दास नभएको प्रष्ट पार्दै पछिल्लो समय गगन थापाको कार्यशैली र सङ्घर्षले आफूलाई प्रभावित पारेको उल्लेख गरेका हुन् ।

advertisement

संसारसँग लड्नुभन्दा आफ्नाहरूसँग लड्नु निकै कठिन हुने भन्दै उनले गगनले पार्टीभित्र गरिरहेको परिवर्तन र पुरातन विचार बिचको सङ्घर्षलाई विशेष महत्त्व दिएका छन्। परिवर्तनको पक्षमा बोल्दा सामान्य मानिसले समेत अनेकौँ गालीगलौज र आलोचना खेप्नुपर्ने अवस्थामा पार्टीकै नेतृत्वमा रहेर आफन्त र आफ्नै समूहसँग लड्नु वास्तवमै चुनौतीपूर्ण काम भएको गिरीको तर्क छ ।

उनले यस्तो कठिन सङ्घर्षको नेतृत्व गरिरहेका कारण गगन थापा आफ्ना लागि स्मरणीय पात्र बनेको बताएका छन्। राजनीतिमा हार र जित प्राविधिक विषय भए पनि परिवर्तनका लागि जोखिम मोलेर खेल्ने यस्ता खेलाडीहरू इतिहासमा सधैँ सम्झनालायक हुने भन्दै उनले थापाको राजनीतिक अडानप्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com