काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् । उनी कांग्रेसकी केन्द्रीय सदस्य र पूर्वपरराष्ट्रमन्त्री पनि हुन् ।

डा.राणा सोमबार दिउँसो २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।

advertisement

उनी भारतमा फलोअप उपचारका लागि गएको स्रोत बताउँछ । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा २०७९ साउनमा पाठेघरको शल्यक्रिया गरेकी थिइन् ।

त्यसैको फलोअपका लागि उनी दिल्ली गएको सचिवालय बताउँछ । फलोअप उपचारका लागि भनिए पनि दिल्लीमा रहँदा उनले सुरक्षा अधिकारी र राजनीति नेतृत्वसँग भेटवार्ता गर्ने प्रयास गर्ने कांग्रेस नेताहरू बताउँछन् ।

यसअघि आइतबार साँझ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि भारत पुगेका छन् ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com