काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा सोमबार दिल्ली प्रस्थान गरेकी छन्।

देउवाको सचिवालयका अनुसार डा. राणा सोमबार दिउँसो करिब २ बजे काठमाडौँबाट भारतको नयाँ दिल्ली गएकी हुन्। स्रोतका अनुसार उनी फलोअप उपचारका लागि दिल्ली पुगेकी हुन्।

advertisement

डा. राणाले २०७९ साउनमा नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी थिइन्। सोही उपचारको नियमित फलोअपका लागि उनी भारत गएको सचिवालयले जनाएको छ।

यद्यपि उपचारकै सिलसिलामा दिल्ली पुगे पनि त्यहाँ रहँदा उनले भारतीय सुरक्षा अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने प्रयास गर्न सक्ने कांग्रेस निकट नेताहरूले बताएका छन्।

यसअघि आइतबार साँझ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भारत पुगेका थिए।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com