काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा आफूले भारतीय नेताहरुसँग नेपालको विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गरेको खुलासा गरेका छन् ।

प्रवास कमिटीले नयाँ दिल्लीमा आयोजना गरेको पार्टीको एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मेरो भ्रमणको उद्देश्य अनौपचारिक रुपमा विकसित राजनीतिक घट्नाक्रमको समिक्षा गर्ने र सूचना संकलन गर्ने नै थियो, आज त्यो उद्देश्य पूरा भएको छ । केही विकसित राजनीतिक घट्नाक्रमबारे अनौपचारिक ढंगले भारतीय राजनीतिक मित्रहरुसँग मेरो समिक्षा भएको छ । हिजोदेखि आजसम्म समिक्षा भएको छ ।’

advertisement

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com