एजेन्सी । बंगलादेशमा हिन्दु समुदायमाथिको हिंसा रोकिएको छैन । पछिल्लो घटनामा झेनाइदह जिल्लाको कालीगञ्ज इलाकामा ४४ वर्षीया एक हिन्दु विधवा महिलामाथि सामूहिक बलात्कार भएको छ।

आरोपितहरूले बलात्कारपछि महिलालाई रूखमा बाँधेर कुटपिट गर्नुका साथै उनका कपाल काटिदिएर पूरै घटनाको भिडिओ पनि बनाएका भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

advertisement

पीडित महिलाले सोमबार दिउँसो कालीगञ्ज प्रहरी चौकीमा ४ जनाविरुद्ध उजुरी दर्ता गराएकी छन् । प्रहरीले यस मामिलामा एक आरोपित हसन नाम गरेका ४५ वर्षीय एक व्यक्तिलाई हिरासतमा लिएको छ, जो सोही इलाकाका बासिन्दा हुन् ।

 

 

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com