काठमाडौं । भेनेजुएलाबाट जबर्जस्ती ल्याइएका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार, ५ जनवरीमा कडा सुरक्षाको घेरामा न्युयोर्कको संघीय अदालत ल्याइएको छ । ६३ वर्षीय मादुरोमाथि नशालु औषधिको तस्करी र आतंकवादका गम्भीर आरोपहरू अमेरिकाले लगाएको छ ।

शनिबार बिहान अमेरिकी एलिट फोर्सहरूले हेलिकोप्टर र लडाकु विमानहरूको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य अभियानमार्फत उनीहरूलाई गिरफ्तार गरेका थिए ।

advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भेनेजुएलाको कमान्ड अमेरिकाको हतामा रहेको स्पष्ट पारेका छन् र त्यहाँ चुनाव गराउने कुरा अहिले हतार हुने बताएका छन् ।

यो सैन्य कारबाहीका क्रममा काराकासमा ठूलो रक्तपात भएको बताइएको छ । भेनेजुएलाका रक्षामन्त्री भ्लादिमीर पाड्रिनो लोपेजका अनुसार, अमेरिकी आक्रमणमा मादुरोको सुरक्षा टोलीका अधिकांश सदस्यहरू, सैन्य कर्मचारीहरू र धेरै नागरिकहरू मारिएका छन् ।

यद्यपि, भेनेजुएलाको सेनाले अब कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मान्यता दिएको छ र जनतासँग शान्ति कायम राख्न अपील गरेको छ ।

अर्कोतर्फ, काराकासका सडकहरूमा तनाव कायमै छ । आइतबार, ४ जनवरीमा मादुराका लगभग २,००० समर्थकहरूले झण्डा र हतियारहरू बोकेर र्‍याली निकालेर यो कारबाहीको विरोध गरेका छन् ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले अमेरिकाको ध्यान अहिले भेनेजुएलाका तेल स्रोतहरूमा नियन्त्रण र सुरक्षा व्यवस्थालाई सुधार्नेमा रहेको संकेत गरिसकेका छन् ।

प्रकाशित मिति: २१ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com