काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बैठक आयोजना हुने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारका विषयमा छलफल हुने जनाइएको छ । साथै, तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बताइएको छ ।
राष्ट्रियसभामा तालमेल गर्ने विषयमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच निरन्तर छलफल हुँदै आए पनि ती दलहरूबीच अझै सहमति जुट्न सकेको छैन ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया