काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो तराई क्षेत्रका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

advertisement

यस्तै, ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

पछिल्लो समय चिसो क्रमशः बढ्दै गएको महाशाखाले उल्लेख गरेको छ। आज बिहान ५:४५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको थियो भने कीर्तिपुरमा २.७४ र ललितपुरको खुमलटारमा २.४० डिग्री सेल्सियस तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख छ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com