काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रमुख दलहरूलाई चेतावनी दिँदै निर्वाचनमा असर पार्ने कुनै पनि कदम नउठाउन आग्रह गरेका छन्।
सोमबार काठमाडौँमा नागरिक उन्मुक्ति पार्टीका नेताहरूसहित थरुहट थारुवान अभियन्ताहरूलाई रास्वपामा स्वागत गर्दै लामिछानेले भने कि मुलुकले धेरै कठिनाइ भोगिसकेको छ र निर्वाचनमार्फत सहज निकास सुनिश्चित गर्नुपर्नेछ।
उनी प्रमुख दलहरूलाई जेन–जेड आन्दोलनपछिको परिवर्तन स्वीकार गर्न अस्वीकार गर्ने प्रवृत्तिबाट सचेत गराउँदै आफ्नो असक्षमतालाई स्वीकार गर्न सुझाव दिए। लामिछानेले नयाँ पुस्ता देशलाई नयाँ उचाइमा पुर्याउन सक्षम भएको बताउँदै, पुराना नेताहरूलाई आफ्नै बारेमा बढी चिन्ता नगर्न आग्रह गरे।
उनले आफ्नो दलका नेताहरू राजनीतिक रूपमा परिपक्व हुँदै गएको र पार्टीले गिरेको मनोबल तथा अर्थतन्त्रलाई उकासेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। पार्टीमा प्रवेश गरेका नेताहरूलाई उचित जिम्मेवारी दिइने पनि स्पष्ट पारे।
कार्यक्रमको क्रममा रास्वपा, नाउपा र थरुहट थारुवान अभियन्ताबीच ९ बुँदे सहमति पनि गरिएको थियो। सहमति पत्रमा रास्वपाका तर्फबाट उपसभापति डीपी अर्याल, नाउपाका तर्फबाट दामोदर पण्डित, र थरुहट थारुवान अभियन्ताका रूपमा लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन्।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया