काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । बैठकमा मुलुकको वर्तमान राजनीतिक अवस्था र त्यससँग सम्बन्धित समसामयिक विषयमा गम्भीर छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।
सचिवालय बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी, रणनीति तथा पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे समेत विस्तृत विचार–विमर्श हुने बताइएको छ ।
एमालेले दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । यसैबीच, राष्ट्रियसभाको निर्वाचन फागुन ११ गते र प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते हुने कार्यतालिका रहेको छ ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया